काठमाडौँ। नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छन् ।
सोमबार बिहान ८ बजेर ५६ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर आरोहण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी सगरमाथाको चुचुरोमा पुगेको भन्दै प्रहरी महानिरीक्षक दिपक थापाले बधाई दिएका छन्।
उनी प्रहरीको साइबर ब्युरोमा कार्यरत छिन् । चैत २५ मा उनलाई आईजीपी थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको ब्यानर हस्तान्तरण गरेका थिए ।