४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री, मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन मन्त्री, बागमती नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सर्लाहीको बागमती नगरपालिकाले सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी गैर कानुनी रूपमा ढुङ्गा, गिट्टी, बालुवा, माटो उत्खनन गरेको र माछापोखरी निर्माणको नाममा करोडौँ रकम दुरुपयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, बागमती नगरपालिका, सर्लाहीले वन ऐन, २०७६ र भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत सागरनाथ वन विकास परियोजनाको मुर्तिया वन क्षेत्रमा अनधिकृत रूपमा माछा पोखरीलगायत संरचना निर्माण गरेको पाइएको छ।

संघीय र प्रदेश सरकारबाट प्राप्त करोडौँ रकमको दुरुपयोग गरी राष्ट्रिय वन क्षेत्रमा गैर कानुनी निर्माण कार्य गरेको, वातावरणीय अध्ययन नगरेको, खरिद योजनाबिना कार्य गरेको र माछा पालनसम्बन्धी कुनै अध्ययन नगरी हचुवामा निर्माण गरेको आयोगको ठहर छ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म मधेस प्रदेश सरकार, बागमती नगरपालिका र संघीय सरकारको गरी कुल ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानि नोक्सानी भएको जनाइको छ ।

मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारले मन्त्रिपरिषद्को स्वीकृतिबिना ३० करोड अनुदान दिने निर्णय गरेको र कानुनी प्रक्रिया मिचेर स्थानीय तहसँग सम्झौता गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस