काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आएका उनले आज मन्त्री डा. राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् । त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो । मन्त्री डा. राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याइन् ।