३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा

अ+ अ-

बन्दीपुर (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिका–५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

संघीय सरकारको तीन करोड रुपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन् ।

स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेको बताइन् । घर आँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उनको भनाइ छ । खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न पनि सहज भएको सोही वडाकी राधाकुमारी थापाले सुनाइन्।

उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाकाअनुसार उक्त आयोजना अन्तर्गत तीन वटा मुहानबाट पानी संकल नगर्न तीन वटा ट्यांकी निर्माण गरिएको छ । तीमध्ये दुई वटा ५०–५० हजार लिटर र एकवटा ७५ हजार लिटर क्षमताका ट्यांकी रहेका छन् । आयोजना पूरा भएसँगै करिब ९०० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

म्याग्दे–५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४ सै घण्टा पानी आउने सुविधा भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताए । उनकाअनुसार, अब खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ, जसले आम्दानी बढाउन सहयोग पुगेको छ । विगतमा महिलाको अधिकांश समय पानी बोक्नमै बित्ने गरेकामा अहिले भने उनीहरू घर र व्यावसायिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिए । खानेपानी सँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस