काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार एक हजार ९२५ रुपैयाँ कायम भएको थियो ।