काठमाडौँ । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गरी विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।
दरखास्त आजबाट जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १ गतेसम्म आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।
हेर्नुस् सूचना :


