१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले बहराइनलाई ६ विकेटले हरायो, सुपर-३ को सम्भावना कायम

अ+ अ-

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको महत्त्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ।

बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्ने सम्भावना कायम राखेको हो।

थाइल्यान्डको बैंककमा वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकिएको थियो।

वर्षा रोकिएपछि नेपाललाई डिएसएलको मेथडमा ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो। जुन लक्ष्य नेपालले ५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कप्तान इन्दू बर्माले राम्रो ब्याटिङ गर्न सकिन्। उनले ७ बलमा नटआउट २४ रन जोड्दा नेपालको जित सम्भव भयो। उनले ४ चौका र १ छक्का प्रहार गरिन्। पाँचौँ ओभरमा लगातार तीन चौका प्रहार गरेपछि नेपाल जित नजिक पुगेको थियो।

त्यसअघि ओपरन सम्झना खड्का ५ रनमा रनटआउट हुँदा रुबी पद्दारले १ रन मात्र बनाउन सकिन्। कविता जोशी शून्यमा आउट भइन् भने पूजा महतोले ११ बलमा २ चौका प्रहार गर्दै १३ रनको योगदान दिइन्।

जितसँगै नेपालले समूहमा चार खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। यसअघि हङकङसँगको पहिलो खेल रद्द हुँदा नेपालले बहराइनविरुद्धको खेलमा ९ विकेटको जित निकालेको थियो। हङकङविरूद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो।

४ अंक जोडेको हङकङ र १ अंक जोडेको बहराइनबीचको भोलि हुने खेलपछि सुपर-३ मा पुग्ने टोलीको टुंगो लाग्नेछ।

नेपाल सुपर-३ मा पुग्न हङकङ पराजित हुनुपर्ने समिकरण छ। वर्षाले खेल रद्द भएर अंक बाँडेमा रनरेटमा हङकङअघि छ। हङकङले जित निकाले पनि नेपाल बाहिरिनेछ।

समूहमा प्रतिस्पर्धा गरेपछि समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्।

एसियाबाट दुई टोली पुग्ने विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

नेपालले विश्वकप एसिया छनोटका लागि दिल्लीमा तयारी गरेको थियो। जहाँ नेपालले दिल्लीको टोलीसँग पाँच वटा अभ्यास खेलको थियो।

प्रतिक्रिया दिनुहोस