१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीको सन्देश

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन्देश पठाएका छन् ।

रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको उनको सचिवालयले जनाएको छ ।

नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न राष्ट्रपति पुटिनलाई सन्देश पठाएका हुन् ।

उनले आफ्नो सन्देश पुटिनलाई सुनाइदिन प्रतिनिधिमण्डलको टोलीलाई आग्रह गरेको सचिवालयले जानकारी दिएको छ ।

भेटको क्रममा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका छन् ।

प्रतिक्रिया दिनुहोस