काठमाडौँ । चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ ।
आज बिहान करिब ५:३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत वटा दमकल प्रयोग गरिएका छन्