काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बैठक सिंहदरवारमा बसिरहेको हो ।
बैठकमा सरकारका नियमित कामकाजसँगै सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनलगायतका विषयमा निर्णय हुने बताइएको छ। आजको बैठकले केही संवैधानिक पदमा नियुक्ति गर्न सक्ने प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।
त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ।
सम्बन्धित समाचार : प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
सम्बन्धित समाचार : वरिष्ठ सहसचिव पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस
सम्बन्धित समाचार : सत्य निरुपण र बेपत्ता आयोगमा पूर्व मुख्यसचिव गड्तौलासहित १० पदाधिकारी नियुक्त हुँदै