काठमाडौँ । सर्वोच्च अदालतले राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो ।
मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दिएकी थिइन् ।