काठमाडौँ । भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।
प्रतिनिधि सभामा प्रस्तुत गर्नु अगाडि विधेयकमा विरोधको सूचना प्रस्तुत गरिएको थियो । उक्त प्रस्ताव अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो ।
विरोधको सूचना नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेका थिए । त्यसक्रममा उनले भूमिको सही सदुपयोग हुनुपर्ने, जमिन जोत्नेले पाउनुपर्ने, हदबन्दी बाहेकको जग्गा स्वतः सरकारको हुने कानुनी व्यवस्था आवश्यक रहेको बताएका थिए ।
जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले २०२१ को ऐन कार्यान्वयनमा रहेको बताए । समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए ।
हाउजिङले हदबन्दी भन्दा बढीको जग्गा किन्न पाउने र घर बनाएर बेचबिखन गर्न पाइने मन्त्री अधिकारीले बताए ।