३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट अनुशासन कायम गर्न सांसद विष्टको सुझाव

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने बृहत् उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने विचार व्यक्त गरेका छन् । 

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उनले आर्थिक असमनताको अन्त्य गर्दै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने लक्ष्य विधेयकमा राखिएकामा त्यसको स्वागत गरे । 

नागरिकको जीवनस्तर माथि उठाउने र आम नागरिकले राज्यको साधन स्रोतको समान उपभोग गर्न पाउने प्रबन्धलाई सुनिश्चित गर्ने प्रयत्न भएको, मनोमानी ढङ्गले स्रोतको विनियोजन गर्ने प्रवृत्ति हटेको जनाउँदै उनले बजेट अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । 

सांसद विष्टले देशभित्रै रोजगारीको प्रबन्ध गर्न, युवा पुस्तालाई प्रविधि र सीपका माध्यमबाट क्षमतावान् बनाउनुपर्ने, श्रम बजारको मागअनुसार जनशक्ति उत्पादनमा ध्यान दिने र रोजगारीका आधार निर्माण गर्नेगरी बजेटमा व्यवस्था हुनुपर्ने बताए । 

बूढीगण्डकी, उत्तरगङ्गाजस्ता जलाशयुक्त जलविद्युत् आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेर हिउँदको विद्युत् माग सम्बोधन गर्ने गरी अगाडि बढ्ने सरकारी  सोचको सराहना गर्दै उनले सोही अनुसार बजेट विनियोजन गर्नुैपर्ने बताए । 

पर्यटन पूर्वाधार निर्माणमा जोड दिँदै सांसद विष्टले गुणस्तरीय शिक्षामा ध्यान दिन, युवालाई सूचना र प्रविधिमा केन्द्रित गरी १५ लाखलाई रोजगारीको सुनिश्चितता हुनेगरी बजेट आउनुपर्ने सुझाव दिए। मुलुकको समग्र आर्थिक विकासका निम्ति बजेटका प्राथमिकता र सिद्धान्त यथार्थवादी भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस