३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहेको र राजनीतिक स्थिरता कायम भएको गृहमन्त्री लेखकको दाबी

अ+ अ-

विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहेको र राजनीतिक स्थिरता कायम भएको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गत दश महिनाको तुलनामा अर्थतन्त्रमा उल्लेखनीय सुधार भएको दाबी गरे।

“दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। विदेशी मुद्रा सञ्चिति बढेको छ, आर्थिक सूचकहरू सकारात्मक छन्,” उनले भने, “यो तथ्य राष्ट्र बैंकको हो, मेरो भनाइ होइन।”

गृहमन्त्री लेखकले गठबन्धन सरकार गठनपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताए। “यो गठबन्धन निराशालाई आशामा बदल्न बनेको हो। आशाले जनतालाई सकारात्मक दिशातर्फ डोर्‍याउँछ,” उनले भने।

संविधान र गणतन्त्र विरोधी गतिविधि कुनै पनि तहमा स्वीकार्य नहुने भन्दै उनले यस्ता गतिविधिलाई जनस्तर र सरकार दुवैले निरुत्साहित गर्ने बताए। नीतिगत भ्रष्टाचार रोक्न अख्तियारसम्बन्धी विधेयकमा छलफल भइरहेको र संसदमा रहेका सबै विधेयकलाई सहमतिबाट टुंगोमा पुर्‍याइने उनको भनाइ छ। “भ्रष्टाचार निर्मूल गर्न र गैर कानुनी गतिविधिमा निष्पक्ष कारबाही गर्न सरकार प्रतिबद्ध छ,” उनले जोड दिए।

गठबन्धन सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदा उनले भने, “फोन, भेटघाट वा फोटोले गठबन्धन तलमाथि हुँदैन। यो सरकार काँग्रेस(एमालेको सहमतिमा पूर्ण अवधि टिक्छ।”

दश महिनाको अवधिमा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा उल्लेख्य प्रगति भएको उनको दाबी छ। उद्योग सञ्चालनमा सहजता ल्याउन नयाँ कानुन बनेको, भूमि सुधारका लागि आयोग गठन भएको र निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए। “अपेक्षित जति काम नभए पनि आशा जगाउने गरी सरकारले काम गरेको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस