काठमाडौँ। एयर इन्डियाले मंगलबारका लागि केही उडानहरू रद्द गरेको छ ।
भारत पाकिस्तानबिच युद्ध विरामको बीचमा, एयर इन्डियाले आफ्ना यात्रुहरूका लागि नयाँ एड्भाइजरी जारी गरेको हो । तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन् ।
एयर इन्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेको छ, ‘हालको घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै १३ मे मंगलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरिएको जानकारी गराउँछौँ ।’
इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटबाट हुने उडानहरू मंगलबारका लागि रद्द गरिएको जनाएको छ ।
दुवै एयरलाइन्सहरूले यात्रुहरूलाई अधै हुने परिवर्तन वा जानकारीका लागि आफ्ना वेबसाइटहरू वा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन् ।