२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव

अ+ अ-

काठमाडौँ । न्युजिल्यान्डले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउने प्रस्ताव अब न्युजिल्यान्ड सरकारको औपचारिक कार्यक्रमको हिस्सा भएको पुष्टि गरेको ब्लूमबर्गलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले लेखेको छ ।

सरकारको यो कदमले कानून बन्ने सम्भावनालाई बढाएको छ । यसका लागि शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले सरकारको प्रयासको नेतृत्व गर्ने प्रधानमन्त्री लक्सनले पत्रकार सम्मेलनमा बताइन् । 

१६ वर्षमुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जालको पहुँचबाट प्रतिबन्धित गर्नाले उनीहरूलाई धम्की, हानिकारक सामग्री र लतबाट जोगाउन मद्दत गर्ने उनको भनाइ छ ।

न्युजिल्यान्डको तीन दलीय गठबन्धन सरकारको नेतृत्व गर्ने नेशनल पार्टीले उमेर हदबन्दी लागू गर्ने उद्देश्यले सदस्य विधेयक पहिले नै पेस गरिसकेको छ । यो प्रस्तावले समर्थन पाएमा सन् २०२६ मा हुने आमचुनावअघि कानून लागू गर्न सकिने शिक्षामन्त्री स्ट्यानफोर्डले बताएका छन् । 

यसअघि अस्ट्रेलियाले गएको वर्ष १६ वर्षमुनिका बालबालिकाहरूलाई फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा खाता बनाउन प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो ।

बेलायत, ईयू राष्ट्र, क्यानडा र धेरै अमेरिकी राज्यहरूसहित अन्य देशहरूले पनि यस्तै उपायहरूको मूल्यांकन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस