२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट संन्यास

अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

यसअघि नै संन्यासको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका कोहलीले सोमबार संन्यास लिने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन्।

इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यास लिएपछि भारतीय टोलीले युवा खेलाडीमा भर पर्नु पर्नेछ। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ।

कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका थिए। अब उनी भारतका लागि एक दिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्।

कोहलीले एक महिनादेखि बिसिसिआईसँग संन्यासको विषयमा छलफल गरिरहेका थिए। यद्यपि टोली व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्ड सिरिजका लागि महत्त्वपूर्ण हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो। तर कोहलीले भने संन्यासको निर्णय सार्वजनिक गरेका हुन्।

रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् भने रविचन्द्रन अश्विनले पनि अस्ट्रेलियाविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट छोडेका थिए। रोहितले संन्यास लिएपछि भारतले इंग्ल्यान्ड सिरिजअघि नयाँ कप्तान घोषणा गर्नु पर्नेछ भने कोलहीको स्थानमा युवा खेलाडीलाई स्थान दिनु पर्नेछ।

१४ वर्ष लामो टेस्ट करिअरमा उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक समावेश छन्। उनले ६८ म्याचमा भारतको कप्तानी गरेका थिए।

पछिल्लो समय कोहलीको टेस्ट फर्म राम्रो थिएन। २०२४-२५ मा अस्ट्रेलियामा भएको बार्डर-गावास्कर ट्रफीमा उनले पाँच टेस्टमा जम्मा १९० रन बनाए, जसमा पर्थमा एक शतक थियो। तर बाँकी चार म्याचमा उनले ८५ रन मात्र जोडे। न्यूजिल्यान्डविरुद्धको घरेलु सिरिजमा उनको प्रदर्शन निराशाजनक थियो।

अब इंग्ल्यान्डमा हुने सिरिजमा केएल राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता युवा खेलाडीमा भारतले भर पर्न पर्नेछ।

प्रतिक्रिया दिनुहोस