२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती तथा किरात समुदायको उभौली पर्वको शुभकामना

अ+ अ-

काठमाडौँ । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करूणा, अहिंसा र शान्तिमात्रै मानव सभ्यताको रक्षा हुने बताएकी छन् । शान्तिका अग्रदूत गौतमबुद्धको पच्चीस सय ६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गदै उनले नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको बताएकी छन् ।

सामाजिक सञ्जाल ट्विटर(एक्स) पेजमा पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छन् , “आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ । ”

त्यसैगरी उनले किरात समुदायको उभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएकी छन् ।

सामाजिक सञ्जाल ट्विटर(एक्स) पेजमा लेख्दै पूर्वराष्ट्रपति भण्डारीले किरात समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा र कृषि परम्परा झल्काउने उभौली पर्वले हामीलाई प्रकृतिसँगको सहअस्तित्व,ऋतुसँगको तालमेल र समाजसँगको समन्वयको अमूल्य सन्देश प्रवाह गरेको बताइन् । उनले लेखेकी छन्, “नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको विविधतायुक्त मुलुकमा साझा पहिचान र सहअस्तित्वको संस्कृति अझ बलियो बनोस्, उभौली पर्वले सबैमा नवउर्जा, आपसी प्रेम र राष्ट्रिय गौरवको भावना थप प्रगाढ बनाओस् भन्ने कामना गर्दछु ।”

प्रतिक्रिया दिनुहोस