२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ’: अध्यक्ष बिजुक्छे

अ+ अ-

मोरङ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले जनताले ठूलो संघर्षबाट हटाएको निरङ्कुश राजतन्त्र पुनः फर्कने कुनै सम्भावना नरहेको ठोकुवा गरेका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले विश्वका अधिकांश मुलुकमा राजसंस्था निरङ्कुश रहेको चर्चा गर्दै व्यापारी पूर्वराजलाई जनताले कुनै पनि हालतमा स्थापना नगर्ने बताए ।

अध्यक्ष बिजुक्छेले वर्तमान सत्ताधारी पार्टीहरूले निर्वाचनका समयमा सार्वजनिक गरेको घोषणापत्रअनुसार कार्य गरी जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्ने सुझाव दिए । उनले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम पुरानै परम्परावादी भएकाले त्यसले जनताको जीवनस्तर उकास्ने र मुलुकको आर्थिक चलायमान कायम गर्न नसक्ने दाबी गरे ।

एक प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेले जनताले पार्टीलाई दिएको मताधिकार सरकारमा सहभागी हुन होइन प्रतिपक्षमा बस्न र जनताको समस्या उठाउन दिएको बताए । उनले  सरकारले विगत एक महिनामा पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नु लाजमर्दो भएको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस