काठमाडौँ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँको २०७६ चैत २ गतेको फैसलाले ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेको प्रहरीले जनाएको छ ।
उनलाई हाल पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ ।