२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘व्यावसायिक योजनाबिनै दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो’-राजेन्द्र लिंगदेन

अ+ अ-

रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिंगदेनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले विमानस्थल सञ्चालनका लागि आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दा सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष लिंगदेनले मुआब्जा वितरणमा अनियमितता भएको संकेत गर्दै चर्को मूल्यमा आवश्यकताभन्दा बढी जग्गा अधिग्रहण गरिएको दाबी गरे ।

“रु. ४१ अर्ब लगानी गरेर यो नचल्ने एयरपोर्ट कसले बनायो ? उद्घाटन भएको यतिका वर्ष हुँदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन ? यस विषयले संसद्मा प्रवेश गरेको छ”, उनले भने, “यसै विषयमा पनि सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति बनेको र त्यो समितिको काम अनियमितताको छानबिन गर्नाका साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहेको छ । सोहीअनुसार प्रतिवेदन तयार भइसकेको छ ।”

अध्यक्ष लिंगदेनले पोखरा विमानस्थल प्राविधिक रूपमा सञ्चालनमा आउन कठिनाइ रहे पनि भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताए । श्रम, म्यानपावर, भिसा सेन्टरलगायतका आवश्यक पूर्वाधार सरकारको एउटै निर्णयमा यहाँ आउन सक्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाए ।

यसअघि अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले भैरहवा तथा यस आसपासका जनताले विमानस्थल सञ्चालनका लागि पटक पटक प्रयास गरे पनि असफल भएको भन्दै निराशा व्यक्त गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक दलको होडबाजीमा विमानस्थल निर्माण भएको बताए । उनले सरकारले गरेको आग्रहअनुसार उद्योगी व्यवसायीले पूर्वाधारमा करिब रु. ८० अर्ब लगानी गरे पनि लगानी डुब्ने खतरा बढेको बताए । 

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यावसायिक सम्भाव्यता अध्ययन नै नगरी विमानस्थल निर्माण गरिएको जस्तो भएको जिकिर गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवावासीका लागि विमानस्थलमा भएको भ्रष्टाचारभन्दा पनि विमानस्थल सञ्चालनको विषय नै प्रधान रहेको बताए । उनले विमानस्थल सञ्चालनको विषयलाई विषयान्तर गर्नका लागि भ्रष्टाचारको मुद्दा उठान गरिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस