काठमाडौँ । भारत र पाकिस्तानबीच जारी तनावको कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आइपिएल २०२५ को सत्र अनिश्चितकालका लागि स्थगित गरेको छ।
बीसीसीआईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको संवेदनशील सुरक्षा परिस्थितिमा खेल जारी राख्नु उचित नहुने ठहर गर्दै १८औँ संस्करणको बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो।
आइपीएल २०२५ अन्तिम चरणमा पुगेको थियो र कुल १६ खेल (फाइनलसहित) बाँकी थिए। फाइनल मे २५ तारिखमा कोलकातामा आयोजना हुने तय गरिएको थियो।
यसअघि बिहीबार राति आइपिएलका अध्यक्ष अरुण धूमलले ‘सिजन जारी रहने’ बताएका थिए, तर शुक्रबार आकस्मिक रूपमा बोर्डले निर्णय परिवर्तन गर्दै सम्पूर्ण सत्र अनिश्चितकालका लागि रोकिएको घोषणा गरेका हो ।
धर्मशालामा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेल प्रविधिगत समस्याका कारण रद्द गरिएको थियो, जुनपछि सिजनबारे अन्योलको स्थिति बनेको थियो।