काठमाडौँ। नेकपा एमालेकी सचेतक सुनिता बरालले भारत पाकिस्तान युद्धको अवस्थाले भूराजनीतिक अवस्था जटिल भइरहेका बेला नेपालका सार्वजनिक संस्थाहरूको प्रभावकारिता कमजोर देखिएको बताएकी छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा शून्य समयमा बोल्दै सांसद बरालले भूराजनीतिक अवस्थाबारे विश्लेषण गर्नुपर्ने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको वेबसाइट समेत नखुल्ने भन्दै प्रभावकारितामाथि प्रश्न उठाइन् ।
उनले भनिन्-‘हाम्रा सार्वजनिक संस्थाहरू नो एक्सन इज वेस्ट परफरमेन्स भन्ने मान्यताबाट चलिरहेका छन् । उनीहरूलाई जबाफदेही बनाउने र ठोस कार्यक्रम तथा बजेट तर्जुमा गरेर सरकारले बलियो बनाउनुपर्ने देखिन्छ ।’
सांसद बरालले सार्वजनिक संस्थाहरूको प्रभावकारिता बढाउन सरकारले नीति तथा कार्यक्रममार्फत बजेट तर्जुमा समेत गरेर नेतृत्व लिनुपर्ने बताएकी छन् ।