२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो भ्वाइस र डान्स युनिभर्सका प्रतिभालाई राष्ट्रपति पौडेलको स्वागत  

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरबाट नेपाल आइपुगेका मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिस्पर्धीहरूलाई राष्ट्रपति निवास शीतल निवासमा कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन्। 

परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमा जारी दुई रियालिटी शोहरुका प्रतिस्पर्धीहरूलाई बिहीबार बिहान आफ्नो कार्यालयमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाली संस्कृतिलाई जीवन्त राख्न आ-आफ्नो स्थानबाट पहल गर्न आग्रह गरे।

विश्वभरबाट आएका नेपाली प्रतिभाहरूलाई राष्ट्रपति पौडेलले नेपालका सांस्कृतिक दूतहरू भएको भन्दै नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा नेपाली समुदायमा पुर्‍याउन इन्ट्रा फाउन्डेसनले गरेको प्रयासको प्रशंसा गरे।

नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणबाट प्रत्येक हप्ता बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स र आइतबार सोमबार मेरो डान्स युनिभर्सको प्रसारण सुरु भइसकेको छ।

राष्ट्रपति पौडेलले विश्वभरबाट आएका गायन र नृत्य प्रतिभाहरूको परिचय लिँदै विश्वभर नेपाली सांस्कृतिक राष्ट्रवादलाई जीवन्त राख्न सबै नेपाली जाति, नेपाली भाषीहरूको योगदान प्रशंसनीय रहेको बताएका थिए।  

राष्ट्रपति कार्यालयमा आयोजित स्वागत समारोहमा इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वभरका नेपाली जातिलाई संस्कृतिको एउटै मालामा उनेर नेपालसँग जोड्ने फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको सपनालाई दुई रियालिटी सोहरूले मूर्तरूप दिइरहेको जानकारी दिएका थिए। 

उनले विश्वका ६० देशमा बस्ने नेपालीहरू यी कार्यक्रमहरूसँग जोडिएको र २३ देशका नेपाली प्रतिभाहरू नेपाल ल्याइएको जानकारी पनि उनले दिएका थिए। कार्यक्रममा आफ्नो परिचय दिने क्रममा केही प्रतिभाहरूले आफू सातौँ पुस्तापछि पितृ भूमि टेक्न पाएको भावना व्यक्त गरेका थिए भने नेपालगन्जका शिवराज विश्वकर्मा र बेलायतकी युक्ति विमलीले देशभक्तिको गीत सुनाउँदा राष्ट्रपति भावुक भएका थिए। 

फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई नेपाली प्रतिभाहरूलाई सम्मान नगरेकोमा पुष्पगुच्छा दिएर धन्यवाद ज्ञापन गरेका थियो।

प्रतिक्रिया दिनुहोस