काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथलाई बिहीबार ललितपुरको लगनखेलस्थित माजु सीमा रुखको वरिपरि परिक्रमा गराइएको छ । भक्तजनहरूले रथलाई तानेर तीन पटक परिक्रमा गराएका हुन् ।
यो रुखलाई मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिन्छ ।
मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप भक्तजनले रथ तानेर तीन पटक परिक्रमा गराएका हुन् । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न गत १८ गतेबाट सुरु गरिएको थियो ।
भोलि (शुक्रबार) भने रथको माथिबाट नरिवल फाल्ने परम्परा छ । सोही अवसरमा ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा पनि दिएको छ ।