काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको हो ।
आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।