काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नीति तथा कार्यक्रम देशको भावी यात्रा भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नीति-कार्यक्रम केवल सरकारको औपचारिक दस्तावेज होइन । यो राष्ट्रको भावी यात्राको नक्सा हो,’ उनले भने ।
सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको उनले बताए ।
१९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री कार्कीले वर्तमान सरकार संसद्का दुई ठूला दल मिलेर बनेको बलियो सरकार रहेको स्मरण गरे ।
वर्तमान सरकार मुलुकको विकास र समृद्धिका लागि गठन भएको पनि उनले बताए ।
नेपाली काँग्रेस र नेकपा एमालेले वर्तमान सरकार बनाउने गरी १७ असार २०८१ मा ७ बुँदे सम्झौता गरेका थिए ।
उक्त सहमतिको जगमा ३० असार २०८१ मा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको थियो । यो सरकारले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरेको थियो ।
मूलकमा निराशा रहेको भनेर कतिपयले गलत भाष्य स्थापित गर्ने प्रयास समाजमा भइराखेको र यस्तो गलत भाष्य र लोकप्रियता वादलाई चिरेर मुलुक अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
काँग्रेस र एमाले सम्मिलित ओली नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वअर्थमन्त्री कार्कीले सरकार निर्माण गर्नुको कारणबारे व्याख्या गरेका हुन् ।
उनले भनेका छन्, ‘कसैलाई भ्रम नहोस्, प्रतिशोधले ग्रसित भएर त्यसअनुसारको सरकार बनेको होइन ।’
वर्तमान सरकारले मुलुकको वास्तविकता र वर्तमान आवश्यकता अनुसारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको उनको भनाइ छ ।
सरकार साझेदार दलको हैसियतमा उनले प्रस्तुत नीति तथा कार्यक्रमको समर्थन गरे । विकास केवल नारामा सीमित हुन नहुने आफ्नो मान्यता रहेको उनले बताए । सबै वर्ग, क्षेत्र र भूगोलको समान विकास हुनुपर्ने उनले बताए । आफूलाई सरकारको गति यही दिशामा रहेको विश्वास लागिरहेको बताए ।
मूलकमा निराशा रहेको भनेर कतिपयले गलत भाष्य स्थापित गर्ने प्रयास समाजमा भइराखेको उनले बताए । यस्तो गलत भाष्य र लोकप्रियता बादलाई चिरेर मुलुक अगाडि बढ्नुपर्ने बताए ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामै अगाडि बढ्ने उनले बताए । संविधान सभाबाट जारी संविधानले मुलुकलाई अगाडि लैजाने उनको विश्वास छ ।
समाजमा निराशा चिर्न सरकारले प्रभावकारी काम गर्न सक्नुपर्ने उनले बताए । विदेशिदो युवा पलायन रोक्नुपर्ने बताए ।
नेपाल वित्तीय अवस्थामा ग्रेलिस्टमा रहेको उल्लेख गर्दै उनले यसमा सुधार गर्नका निम्ति सबै राजनीतिक दलहरू जिम्मेवार भएर लाग्नुपर्ने बताए । यसमा सरकारले अग्रसरता लिने उनको विश्वास छ ।
नेपालमा अहिले पनि विद्युत् कटौती हुने गरेको उल्लेख गर्दै उनले सदाका लागि लोडसेडिङ अन्त्यका निम्ति आन्तरिक उत्पादन अझ बढाउनुपर्ने बताए ।
विकास र समृद्धिका लागि आईटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । वर्तमानको क्रान्ति आईटी क्षेत्र रहेको उनको विश्वास छ ।
नेपालले ऊर्जामा समेत ध्यान दिनुपर्ने उनलाई लाग्छ । ऊर्जा निर्यातमा सरकारले आवश्यक पहल लिनुपर्ने पनि उनको आग्रह छ ।
नेपालमा अहिले पनि विद्युत् कटौती हुने गरेको उल्लेख गर्दै उनले सदाका लागि लोडसेडिङ अन्त्यका निम्ति आन्तरिक उत्पादन अझ बढाउनुपर्ने बताए ।