२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक, आतंकवादविरुद्ध नेपालको दृढ अडान

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ।

‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ, ’विज्ञप्तिमा भनिएको छ।

सरकारले गत २२ अप्रिलमा भारतको पहलगाममा एक नेपालीसहित निर्दोष पर्यटकमाथि आतंकवादी आक्रमण भएको र त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको जनाएको छ। ‘उक्त दुःखद समयमा पनि नेपाल भारतको साथमा उभिएका थियो। आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ, ’विज्ञप्तिमा भनिएको छ। 

सरकारले नेपाली भूमिलाई छिमेकी देशहरूविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ। ‘नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिनेछैन, ’विज्ञप्तिमा भनिएको छ।

सरकारले  भारत र पाकिस्तानबीचको तनाव कम होस् भनेर आशा पनि गरेको छ। ‘हामी यस क्षेत्रमा शान्ति चाहन्छौँ। भारत-पाकिस्तानबीचको तनाव कम हुने आशा छ, ‘विज्ञप्तिमा भनिएको छ। 

भारतको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको हो। अपरेसन सिन्दूर नाम दिइएको आक्रमणमामा २६ जनाको मृत्यु भएको थियो। जसमा जैश-ए-मोहम्मदका प्रमुख मसूद पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस