काठमाडौँ । अनलाइन माध्यमबाट साढे दुई करोडभन्दा बढी ठगी गरेको अरोपमा धनुषा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–१ का २३ वर्षिय सुरज साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र क्षीरेश्वरनाथ –१ का २० वर्षीय रामकुमार महरा छन् ।
यस्तै महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीरकुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह र सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेशकुमार छन् ।
उनीहरूलाई बिहीबार धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका युवकहरू कुलतमा संलग्न छन् ।