२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अहिलेको सरकारलाई रवि-रवीन्द्रलाई थुन्ने, कुलमानलाई निकाल्ने भनेर मात्रै चिन्ने हो ? भन्दै डा. वाग्लेको प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अहिलेको सरकार थुन्न र निकाल्नमै केन्द्रित रहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सहकारीमा ८८ सय करोडको अपचलन भएको छ भने यही संसदीय समितिले भनेको छ । तर, आक्रोश सबै रवि लामिछाने थुन्ने, रवीन्द्र मिश्र थुन्ने, कुलमानलाई निकाल्ने । लेगेसीको चिन्ता भएको यो सरकारलाई रवि, रवीन्द्रलाई थुन्यो भनेर नै चिन्ने हो त ?’

राम्रा काम गरेर चिन्नमा यो सरकारमा पर्याप्त गाम्भीर्यता नभएको उनको आरोप छ ।

वाग्लेले भने, ‘आज हामी कृष्णप्रसाद भट्टराईलाई सम्झन्छौँ । सुशील कोइरालालाई सम्झन्छौँ । उहाँहरूले केही गर्नुभयो । बाटो बनाउनु भयो भनेर बाबुराम भट्टराईको नाम आउँछ । प्रचण्डको सरकारको पालामा भुटानी शरणार्थीको काण्डलाई एउटा विन्दुमा लगेको थियो भनेर सम्झिन्छौँ । तर, यो सरकारलाई रवि, रवीन्द्रलाई थुन्यो भनेर चिन्ने ?’

सरकारले गरेको राम्रा कामहरूको उजागर गर्दै नराम्राको विरोध गरिएको उनले बताए । डा. वाग्लेले भने, ‘हामीले सधैँ विरोधका लागि विरोध गर्ने होइन । हामीले रचनात्मक सुझाव दिँदै आएका छौँ । असल पक्षहरूलाई हामीले उजागर गर्दै आएका छौँ ।’

त्यस्तै, उनले कुशासनको प्राइस हाम्रो संकूचित जीडीपीमा प्रतिबिम्बित भइरहेको बताए । मुलरूपमा सरकारले अर्थतन्त्रको आकार बढाउनमा नै केन्द्रित हुनुपर्ने उनले बताए ।

‘हाम्रोमा सानो रोटीको लुछाचुँडी धेरै भयो । १८ सय ६० अर्बको बजेट ल्याउनुभयो यसअघिका अर्थमन्त्रीले । त्यसलाई माघमा लगेर सुकाइन्छ जहिले पनि । हिजो साँझसम्म यो राज्यले ११ सय १३ अर्ब खर्च गरेको छ । अर्को दुई महिना बाँकी छ । त्यस अवधिमा बढीमा दुई खर्ब होला । त्यसैले सानो आकारमा लुछाचुँडी गर्न हुँदैन’, उनले भने ।

अब आर्थिक तथा सामाजिक क्रान्तिका लागि १२ बुँदे सहमति चाहिएको वाग्लेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस