२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

अ+ अ-

 काठमाडौँ । अवैध लागू औषधसहित विभिन्न स्थानबाट सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुनसरी, मोरङ, बाँके, सुर्खेत र कैलालीलगायतका जिल्लाबाट सता जना पक्राउ परेका हुन् । 

सुनसरीका धरान उपमहानगरपालिका-४ लामा चौरबाट अवैध लागू औषध गाँजा करिब १५ किलोग्राम सहित धनकुटा चौबिसे गाउँपालिका-३ बस्ने १९ वर्षीय सुजन राईलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित सोमबार दिउँसो पक्राउ गरेको हो । 

त्यस्तै मोरङ विराटनगर महानगरपालिका-१५ मटेरूवा चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलवारी नगरपालिका-४ बस्ने ३१ वर्षीय अनमोल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित सोही दिनमै पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ भारत बिहार अररीया थाना जोगबनी बस्ने ६५ वर्षीया रोशनी खातुन र सुनसरी इनरुवा नगरपालिका-७ बस्ने ४२ वर्षीय लाल मोहमदले दिएको भन्ने खुल्न आएपश्चात् रोशनी र लाललाईसमेत विराटनगर महानगरपालिका मटेरूवाबाट प्रहरीले पक्राउ गरेको छ ।

  यसैगरी बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम र नगद १ हजार ५ सय रुपैयाँसहित सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ यरीचोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत बहराइज नानपारा चौकी-१६ घर भएका २४ वर्षीय रेहान खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलाली गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

 सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस