काठमाडौँ । दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा दिने तयारी भएको र उनको स्थानमा चोइले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समय उनको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो।
उनले अर्थमन्त्रीका रूपमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चोइको राजीनामा स्वीकृत भएको छ।’
कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा दिने तयारी भएको र उनको स्थानमा चोइले औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम रहेको थियो।