काठमाडौँ । प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरूको तलबमान बढाउनुपर्ने भन्दै सर्वोच्चले गरेको आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले ताकेता गरेको छ ।
गत ८ वैशाखमा ७ दिनको अल्टिमेटम दिँदै सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले पत्र पठाएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालयलाई सम्बोधन गर्दै पठाइएको उक्त पत्रको पनि म्याद सकिइसकेको छ । यद्यपि आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको छैन ।
सर्वोच्च न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले १६ साउन २०८१ मा वरिष्ठ सईहरूको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरूको पक्षमा आदेश जारी गरेको थियो ।
जसमा सईको भन्दा कम तलबमान र ग्रेड भएकाले उनीहरूको तलबमान र ग्रेड वृद्धि गर्नुपर्ने आदेश सुनाइएको थियो ।