१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशिएका श्रमिकका लागि थप स्वास्थ्य कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्रीको घोषणा

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गरेका छन् ।

दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेष्टिभलको उद्घाटन गर्दै मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गरेका हुन् । 

‘‘तपाईँहरूको स्वास्थ्य तपाईँ मात्र होइन हाम्रो पनि चिन्ताको विषय हो,’’ मन्त्री पौडेलले भने, ‘‘देश फर्कँदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौँ ।’

मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मूल्यमा गराउने गरी गृहकार्य भइरहेको बताए ।

‘‘स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको छ । युएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु,’’ उनले भने ।

मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरूलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध नेपालीसँग आग्रह गरे । उनले नेपाल र युएईबिच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरू रहेको बताउँदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरूमा दुईदेशबिच सहकार्य गरी अघि बढ्न सकिने बताए ।

नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, युएई, नेपाली समाज युएईलगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक  कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए ।

राजदूत क्षेत्रीले नेपाल फेस्टिभल–२०२५ मा नेपालको सांस्कृतिक विविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ठ बनाउँदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबिच जोड्ने सेतुको रूपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक विकास र समृद्धिका लागि युएईमा रहनुभएका सबै नेपालीलाई आह्वान गरे । गैर आवासीय नेपाली संघ, युएईका अध्यक्ष विकास शाहीले कार्यक्रममा ४० हजारको सहभागिता रहेको भन्दै भव्यताका साथ सम्पन्न भएको बताए ।

फेस्टिभलमा युएई सरकारका उच्च पदाधिकारीहरू, विदेशी राजदूत तथा कूटनीति नियोगका प्रमुखहरू, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिकहरू, नेपालका शुभचिन्तकहरू सहभागी रहेको नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस