काठमाडौँ । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो । उनीसँगै पक्राउ परेका बडीगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।
यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।