काठमाडौँ । बुद्ध एयरको सिष्टम ह्याक गरेर अवैधानिक रूपमा टिकट बेचेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ रंगेली घर भई हाल काठमाडौँको तारकेश्वर-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट घर भई हाल तारकेश्वर-४ बस्ने ३७ वर्षीय बाबारम अधिकारी रहेका छन् ।
उनीहरूले गैर कानुनी रूपमा हवाइ टिकटहरू बनाइ अवैध लाभ लिएको उजुरी परेपछि आइतबार बत्तीसपुतलीबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले हालसम्म २० जना यात्रुको हवाइ टिकट काटिसकेको तर पैसा नदिएको उजुरी आएपछि घटना बाहिर आएको हो ।
पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।