२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ

अ+ अ-

काठमाडौँ । विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ परेका छन् ।

कैलाली दाङ, रूपन्देही उदयपुर कञ्चनपुर झापा,जिल्लाबाट लागु औषधसहित १२ जनालाई पक्राउ परेको हो ।

कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने १९ वर्षीय अनुप बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै, कैलाली, चुरे गाउँपालिका-३ बाट नियन्त्रित लागू औषध टापेण्टाडोल ७० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका-२ बस्ने २७ वर्षीय गोपाल बहादुर सलामी र २० वर्षीय मिलन मास्के मगर रहेका छन् । इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले सु.प.प्र.०१(०१२ प ९७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१० झार बहिराबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने रोल्पा, रोल्पा नगरपालिका-२ घर भएका २४ वर्षीय आकाश डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ बुद्ध चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय १८ मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बसडिलवा बस्ने २४ वर्षीय कामरान खान, २५ वर्षीय सेफ अली र ओमसतिया गाउँपालिका-४ बस्ने २८ वर्षीय बिनोद चमार रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बाट नियन्त्रित लागू औषध स्पास्मो ५५ ट्याब्लेट सहित सोही नगरपालिका-३ पडरिया बस्ने १९ वर्षीय अफजल अलि भाटलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी पोष्ट महिलावरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

त्यस्तै, उदयपुर, त्रियुगा नगरपालिका-१ खैजनपुर बस्ने २२ वर्षीय सन्तोष चौधरीलाई अवैध लागू औषध गाँजा २५ ग्राम र नियन्त्रित लागू औषध डाईजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन २ एम्पुल र फेनारगन २ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-८ भासिबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अभिषेक डगौरा र सोही नगरपालिका-७ बस्ने २४ वर्षीय सुनिल डगौरा रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै, झापा, गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५५ मिलिग्राम सहित भारत किसानगन्ज-२ पलसाह बस्ने २३ वर्षीय सलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस