काठमाडौँ । स्वतन्त्र डा. अमरेशकुमार सिंहले मधेसी भएकै कारण निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकमा पहिलो नम्बरमा सिफारिस भएर पनि डा. प्रमोद यादवको नियुक्ति नभएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद डा. सिंहले तेस्रो नम्बरमा सिफारिस भएका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्ति गरेकोमा आपत्ति जनाएका हुन् ।
उनले स्वास्थ्य सचिवमा पनि मधेसी भएकाले पहिलो नम्बरमा सिफारिस नभएको र अहिले सिभिलमा पनि मधेसी भएकाले नियुक्त नभएको उनको भनाइ थियो ।