२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तारको अभियान प्रारम्भ

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्यसहित कार्य प्रारम्भ गरेको छ।

पहिलो चरणमा मधेश प्रदेशमा केन्द्र स्थापना गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र मन्त्रालयबीच सम्झौता सम्पन्न भई आवश्यक जग्गा प्राप्त गरिएको मन्त्रालयले जनाएको छ।

यसै क्रममा, साउदी सरकारबाट बहुउद्देश्यीय पोलीटेक्निकल इन्स्टिच्युट स्थापनाका लागि प्राप्त १० लाख अमेरिकी डलर आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा महोत्तरीको बलवा नगरपालिकामा प्रशिक्षण केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको छ।

मन्त्रालयले प्रतिष्ठान मातहतका विभिन्न व्यावसायिक प्रशिक्षण केन्द्रमार्फत श्रम बजार केन्द्रित सीपमूलक तालिम सञ्चालन, दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरणलाई प्राथमिकता दिएको जनाएको छ। प्रमुख श्रम गन्तव्य मुलुकहरूसँग द्विपक्षीय संवाद र समन्वय गर्दै सीपयुक्त जनशक्ति उत्पादन र रोजगारीका अवसर वृद्धि गर्ने लक्ष्य राखिएको छ।

सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र विस्तार श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै आन्तरिक तथा वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदम हुने विश्वास गरिएको छ। प्रतिष्ठानले यस अभियानलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, उद्योग संघसंस्था तथा स्थानीय समुदायहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस