१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल सफाइ अभियानलाई निरन्तरता दिन सेनापतिसँग वन मन्त्री शाहीको आग्रह

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिइने बताएका छन्।

बजेट अभावले रोकिएको अभियानलाई निरन्तरता दिई जलवायु परिवर्तन न्यूनीकरणमा जोड दिने उनको भनाइ छ। 

मन्त्री शाही र प्रधान सेनापति अशोकराज सिग्देलबीच आज मन्त्रालयमा भएको भेटमा उनले हिमाल सरसफाइको अभियानलाई निरन्तरता दिन आग्रह गर्दै मन्त्रालयका तर्फबाट आवश्यक सहयोगका लागि तयार रहेको बताए।

हिमाली क्षेत्रमा पर्वतारोहीहरूले छोडेको फोहोर सफाइ गरी वातावरणीय प्रदूषण न्यूनीकरण, हिमालको पवित्रता जोगाउने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सुरु भएको यो अभियानमा बजेटको कमीले समस्या उत्पन्न भएको थियो।

मन्त्री शाहीले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गरे।

नेपालमा सगरमाथा, ल्होत्से, अन्नपूर्णलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गरी स्वच्छ राख्न सके हिमाल आरोहण गर्ने पर्वतारोहीसमेत बढ्ने मन्त्री शाहीको भनाइ थियो। 

प्रकृति र पर्यावरणको प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रमलाई कार्यान्वयन गर्दै जाँदा बजेट अभावले समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले बजेट व्यवस्थापन भए यो अभियानलाई विशेष महत्वका साथ अगाडि बढाउन सेना तयार रहेको बताए।

पाली सेनाले राष्ट्रिय कार्यक्रमलगायत वन संरक्षण, निकुञ्जको संरक्षणमा महत्वका साथ कार्य गर्दै आएको उनको भनाइ छ। विगत पाँच दशकदेखि निकुञ्ज र संरक्षण क्षेत्रको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ।

वन सचिव डा. दीपककुमार खरालले वन तथा निकुञ्जको संरक्षणका निम्ति वन मन्त्रालयले नेपाली सेनालाई सक्दो सहयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस