काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।
नगरपालिकाले आइतबार आज एक सूचना जारी गर्दै नगर अस्पतालमा सेवा करारमा ३० जना कर्मचारी माग गरेको हो ।
मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र प्रमाणपत्र र नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिदसहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।
पदपूर्ति सम्बन्धी सम्पूर्ण प्रकिया बुढानीलकण्ठ नगरपालिका, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।
