२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी कुटपिट प्रकरण: वडा अध्यक्षको आत्मालोचना र माफीपछि सहमति, विरोधका कार्यक्रम स्थगित

अ+ अ-

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडा अध्यक्ष करम हुसेन खानले कर्मचारी कुटपिट प्रकरणमा आफ्नो गल्ती स्विकार्दै माफी मागेका छन्। जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्तामा उनले शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधु प्रसाद घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा आत्मालोचना गर्दै आगामी दिनमा यस्ता गैर कानुनी गतिविधि नगर्ने प्रतिज्ञा गरेका छन्।

फाल्गुण ५ गते रोहिणी गाउँपालिकाको बैठकमा शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो विचार राख्ने क्रममा वडा नं. २ का अध्यक्ष करम हुसेनले गालीगलौज गर्दै भौतिक आक्रमण गरेका थिए। यस घटनाप्रति कर्मचारी संगठनहरूले आक्रोश व्यक्त गर्दै दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए।

फाल्गुण ७ गते जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच छलफल भएपछि वडा अध्यक्ष करम हुसेन खानले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिने, राष्ट्रसेवक कर्मचारीहरूमाथि कुनै दुर्व्यवहार नगर्ने तथा कानुन उल्लङ्घन गरेमा कानुनी कारबाही भोग्न तयार रहने लिखित प्रतिबद्धता जनाएका छन्।

सहमति पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश चौधरी, आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेय, कर्मचारी संगठनका जिल्ला अध्यक्ष कमल पराजुली, कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डेय, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष उत्सव न्यौपाने लगायतका प्रतिनिधिहरूले रोहबरका रूपमा हस्ताक्षर गरेका छन्।

प्रशासनको पहलमा भएको सहमतिपछि कर्मचारी संगठनहरूले तत्कालका लागि सबै विरोध कार्यक्रमहरू स्थगित गरेका छन्। यो सहमति कार्यान्वयन भएमा कर्मचारीहरू सुरक्षित वातावरणमा काम गर्न पाउने विश्वास कर्मचारीको छ ।

सम्बन्धित समाचार  : वडाध्यक्षले शिक्षा प्रमुखमाथि हातपात परेपछि आन्दोलनमा उत्रिए कर्मचारी
सम्बन्धित समाचार  : शाखा प्रमुखमाथि वडाध्यक्षको आक्रमण : दोषीलाई कारबाही नभएसम्म पालिकाको सेवा बन्द
सम्बन्धित समाचार : रुपन्देहीमा कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्षलाई कारवाही गर्न कर्मचारी युनियनको माग

सम्बन्धित समाचार : राष्ट्रसेवक कर्मचारीमाथि बढ्दो दुर्व्यवहारप्रति सांसदहरूको आपत्ति
सम्बन्धित समाचार  :  कर्मचारीमाथि भएको कुटपिटको विरोधमा राप्तीका सबै वडासचिवले गरे पेन डाउन

प्रतिक्रिया दिनुहोस