कैलाली । अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लम्कीचुहा नगरपालिका-२ मा बस्ने १८ वर्षीय किशोरलाई लम्कीचुहा नगरपालिका-२ बगनियाबाटै मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अहिले पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।