काठमाडौँ । दुई अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोरखपुरका २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुरकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन् ।
उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले पक्राउ गरेको हो ।
बुढानीलकण्ठको तौलुङमा घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको जिल्ला प्रहरी परिसरले जनाएका छन् ।
उनीहरूविरुद्ध पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।