काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले उडिसा घटनामा सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
मंगललबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै नेता भण्डारीले उक्त घटनामा सरकार भएको परिचय दिन सरकार चुकेको उनले बताएका छन् ।
उडिसामा रहेका विद्यार्थीहरू जहाज लिएर गएर ल्याउन भन्दै भण्डारीले तत्पश्चात मात्रै विश्वविद्यालयसँग कुरा गर्न पनि सरकारसँग माग गरेका छन् ।
‘चार वटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन ? कसले रोकेको छ ?’ भण्डारी भन्छन् ‘तब, विश्वविद्यालयसँग कुरा हुन्छ । तिमी छौ भन्ने परिचय देऊ न सरकार ।’
उडिसाको किट विश्वविद्यालयमा गत आइतबार एक नेपाली छात्राको संकास्पद मृत्यु भएको थियो । बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे आवाज उठाएको भन्दै क्याम्पसले उक्त विश्व विद्यालयमा पढ्ने १५ सय नेपाली विद्यार्थीलाई कुटपिट गर्दै निष्कासन गरेको थियो ।