२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनजंघा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

अ+ अ-

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको आयोजनामा कञ्चनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजंघा महोत्सव-२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिनेछ । 

कञ्चनजंघा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार पाँच सय मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।  म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई दुई लाख आठ हजार पाँच सय ८६, दोस्रो हुनेलाई एक लाख आठ हजार पाँच सय ८६ तथा तेस्रो हुनेलाई रु ८५ हजार पाँच सय ८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।  

कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ, दुण्डु डाँडा, ठाउँ चौक, भेडी चोक हुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ ।  

गाउँपालिकाले प्रतियोगितासँगै माउण्टेन साइकलिङ कार्यक्रम आयोजना गरिने जनाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमन गर्न सकिने आयोजकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस