१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज काठमाडौँका यी स्थानमा एकदेखि पाँच घण्टासम्म विद्युत् अवरुद्ध हुने

अ+ अ-

काठमाडौँ । आज काठमाडौँको विभिन्न स्थानमा बिहान र दिउँसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुने भएको हो।

बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। त्यहाँ सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान १ घण्टा विद्युत् अवरुद्ध हुने भएको हो।

बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यहाँ पनि सडक चौडा र गर्न र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने  भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

यस्तै, जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्न मुलपानीचौर , थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।त्यहाँ जडान कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

तीनै फिडरअन्तर्गतका क्षेत्रमा समयअगावै काम सकिए निर्धारित अवधिभन्दा पहिल्यै विद्युत् सेवा सुरु हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस