काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले एक सूचना जारी गर्दै नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको मंगलबार जानकारी दिएको हो ।
केन्द्रीय कार्यालयको विज्ञापन नम्बर ११९०७-११९०९/०८०-८१ (खुला तथा समावेशी) राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको सिफारिस गरिएको छ ।