काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी गरिएका सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशहरूको विषयवस्तु सार्वजनिकीकरण गर्न आज (बुधबार) विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारस्थित सगरमाथा हल (कोठा नं. ४१३) मा आज दिउँसो ४ बजे हुने कार्यक्रममार्फत अध्यादेशका प्रमुख विषयवस्तु र तिनको कार्यान्वयनबाट हुने सम्भावित प्रभावहरूबारे जानकारी गराइने छ।
सरकारले यी अध्यादेशमार्फत प्रशासनिक सुधार, लगानीको वातावरण सुधार, र सुशासन प्रवर्द्धनमा उल्लेखनीय प्रगति गर्ने लक्ष्य राखेको बताइएको छ।
सरकारको नीतिगत पहल र अध्यादेशको कार्यान्वयनमार्फत देश विकास तथा सुधारका प्रयासबारे स्पष्ट सन्देश खोजेको बताईरहँदा प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन डाकेका हुन् ।