२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध

अ+ अ-

म्याग्दी ।  मुस्ताङको वारागुङ मुक्ति क्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

वारागुङ मुक्ति क्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दु धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् ।

दामोदरकुण्डबाटस सुरु भई वारागुङ मुक्ति क्षेत्रको कागबेनी हुँदै बग्ने कालीगण्डकी देवघाटमा पुगेर त्रिशूलीसँग मिसिएर नारायणी बनेको छ । दुई वटा स्थानीय तहले धार्मिक भगिनी सम्बन्ध कायम गरेका हुन् । असल अभ्यास आदानप्रदानका साथै मुक्तिनाथ, कागबेनी र देवघाटको धार्मिक सम्बन्धलाई थप मजबुद बनाउन भगिनी सम्बन्धले मद्दत गर्ने वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए ।

कृषि, पर्यटन, सुशासन, पूर्वाधार विकासका क्षेत्रमा भएका असल अभ्यास आदान र अध्ययन अवलोकनका लागि देवघाट पुगेका वारागुङ मुक्ति क्षेत्र र देवघाटका जनप्रतिनिधिबीच धार्मिक भगिनी सम्बन्धको प्रस्ताव पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

प्रस्तावना पत्रमा देवघाटका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोविन्द पौडेल र वारागुङ मुक्ति क्षेत्रका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस